• ३ मंसिर २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेरामाविको अभिभावक भेला तथा शैक्षिक सुधार कार्यक्रम सम्पन्न




विकास खड्का
रोल्पा । जिल्लाको परिवर्तन गाउँपालिका – ३ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अभिभावक भेला तथा शैक्षिक सुधार कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजनामा शुक्रबार विद्यालयकै प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिम बिक्रम चन्दले विद्यालयको शैक्षिक गुणस्तर बढाउनको लागि सम्पूर्ण अभिभावक, विद्यार्थी र शिक्षक एकजुट भएर लाग्न जरुरी भएको बताउनुभयो। उहाँले पढाइ सँगसँगै विद्यार्थीहरू सफा र व्यावहारिक पनि हुनुपर्छ भन्ने कुरामा जोड दिनुभयो । विद्यालयको समग्र शैक्षिक उन्नयन र विकासका लागि सबैको साथ र सहयोगको उत्तिकै महत्त्व हुने उहाँको भनाइ थियो ।

विव्यसका अध्यक्ष खिम विक्रम चन्दको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक/ शिक्षिका तथा अभिभावकहरुको उपस्थिति रहेको थियो।

Facebook Comments