• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा तेस्रो साहित्य महफिल हुने




निराजन सिर्पाली
रुकुमपूर्व । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वको आयोजनामा तेस्रो महफिल यही माघ १९ गते हुने भएको छ ।  पुथाउत्तरगंगा गाउँपालिकाको आर्थिक सहयोगमा तेस्रो महफिल हुन गइरहेको हो ।

यही माघ १९ गतेका दिन पुथाउत्तरगंगा गाउँपालिकाको केन्द्र तकमा हुन गइरहेको तेस्रो महफिलको तयारी तिव्र रुपमा भइरहेको राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वका अध्यक्ष जमुना गौतमले जानकारी दिनुभयो । महफिल देशभरका प्रख्यात साहित्यकारहरूको उपस्थित हुनेछ ।

गजलकारहरू प्रदीप रोदन, गोविन्द पुन मगर, कविहरू फत्तेकुमारी ओली र सितल बुढा लगायतका साहित्यकारहरू आउने हुने छ । साहित्यमा रम्न र रमाउन सम्पूर्णलाई माघ १९ गते तकमा उपस्थित हुन सबैलाई आयोजकले अपिल गरेको छ ।

Facebook Comments