रुकुमपूर्व । पछिल्लो समय अनलाइन ठगी भैरहेको भन्दै सचेत रहन जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका डिएसपी तथा प्रहरी नायब उपरीक्षक माधव राज खरेलले आग्रह गर्नुभएको छ ।
डिएसपी खरेलले पछिल्लो समय रूकुम पूर्व सँगै देशभर अनलाइन ठगिएका घटनाहरु बढेकाले सचेत रहन सबैमा आग्रह गर्नुभएको हाे ।
डिएसपी खरेलले अनावश्यक लिङ्क नखाेल्न, पैसा आउने गेम विभिन्न प्रलोभनका एप्स, घरमै बसी बसी पैसा कमाउने विज्ञान जस्ता कुराहरुबाट टाढै रहन आग्रह गर्नुभएको छ ।
खरेलले छिट्टै धेरै पैसा कमाउने लाेभले धनजनको पनि क्षती हुनसक्ने भन्दै अनलाइनमा चिनेकै मान्छेलाई पनि तत्काल विश्वास नगर्न आग्रह गर्नुभएको छ । अनलाइनमा आउने विज्ञानहरुले लाेभ्याउने गरेको र सबै त्यसमा फस्ने गरेको डिएसपी खरेलकाे भनाइ छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
