• २७ कार्तिक २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
तीनबुँदे सहमति कार्यान्वयनकालागि  सिडियो कार्यालय दाङमार्फत प्रधानमन्त्रीलाई  ज्ञापनपत्र




घोराही । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङले  नेकपा र राज्यबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्नका लागि जिल्ला प्रशासन कार्यालय दाङमार्फत सम्माननिय प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

संगठनले  संगठनको पाँचौ केन्द्रिय समितिको तेश्रो पूर्ण बैठकले गरेको निर्णय अनुसार नेकपा र सरकलाबीच भएको सहमति  कार्यान्वयन गर्नका लागि दाङ जिल्लामा हस्ताक्षर अभियानबाट संकलन गरिएको हस्ताक्षर र तीनबुँदे मागसहितको ज्ञापनपत्र बुधबार दाङका सिडियो कृष्णप्रसाद लम्सालमार्फत प्रधानमन्त्रीलाई बुझाएको हो ।

ज्ञापनपत्रमार्फत नेकपाका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी लगायत सम्पूर्ण नेता कार्यकर्ताहरुका झुठा मुद्दाहरु खारेजका लागि आवश्यक पहलकदमी गर्नलगायतका माग गरिएको संगठनका दाङका अध्यक्ष शिशिर सीले जानकारी दिएका छन् ।

नेकपा र राज्यविच भएको  तीनबुँदे सहमति कार्यान्वन गर्न र देशको राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक समस्या सामाधान गर्न नेकपासँगको संवादलाई अगाडि बढाउन  र राजनैतिक आस्थाका वन्दि रिहाईका लागि सरकारले आवश्यक पहल गर्न माग  गरिएको संगठनले बताएको छ।

Facebook Comments