घोराही । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङले नेकपा र राज्यबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्नका लागि जिल्ला प्रशासन कार्यालय दाङमार्फत सम्माननिय प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
संगठनले संगठनको पाँचौ केन्द्रिय समितिको तेश्रो पूर्ण बैठकले गरेको निर्णय अनुसार नेकपा र सरकलाबीच भएको सहमति कार्यान्वयन गर्नका लागि दाङ जिल्लामा हस्ताक्षर अभियानबाट संकलन गरिएको हस्ताक्षर र तीनबुँदे मागसहितको ज्ञापनपत्र बुधबार दाङका सिडियो कृष्णप्रसाद लम्सालमार्फत प्रधानमन्त्रीलाई बुझाएको हो ।
ज्ञापनपत्रमार्फत नेकपाका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी लगायत सम्पूर्ण नेता कार्यकर्ताहरुका झुठा मुद्दाहरु खारेजका लागि आवश्यक पहलकदमी गर्नलगायतका माग गरिएको संगठनका दाङका अध्यक्ष शिशिर सीले जानकारी दिएका छन् ।
नेकपा र राज्यविच भएको तीनबुँदे सहमति कार्यान्वन गर्न र देशको राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक समस्या सामाधान गर्न नेकपासँगको संवादलाई अगाडि बढाउन र राजनैतिक आस्थाका वन्दि रिहाईका लागि सरकारले आवश्यक पहल गर्न माग गरिएको संगठनले बताएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
