• २८ कार्तिक २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अम्बिकेश्वरी शिक्षा सदन नयाँ व्यवस्थापनकासाथ सञ्चालन,  प्रिन्सीपलमा डा. शैलेन्द्र गिरी नियुक्त




घोराही । दाङको घोराही उपमहानगरपालिका -१६ सर्रामा रहेको अम्बिकेश्वरी शिक्षा सदन नयाँ टिम र नयाँ व्यवस्थापनकासाथ सञ्चालनमा आएको छ । विद्यालयको समग्र विकाससँगै शैक्षिक उनयन र प्रगतिका लागि नयाँ व्यवस्थापनकासाथ विद्यालय सञ्चालनमा आएको विद्यालय प्रशासनले जानकारी दिएको हो ।

विद्यालय व्यवस्थापन समितिले गरेको निर्णय अनुसार  विद्यालयको प्रिन्सीपलमा  डा. शैलेन्द्र गिरी नियुक्त भएका छन्  ।  त्यस्तै विद्यालयका प्रवन्ध निर्देशकमा डा. भीमसेन गिरी नियुक्त भएका छन्  भने  विद्यालयको सञ्चालक समितिको प्रवन्धकमा रेशम गिरी नियुक्त भएका हुन् ।

त्यसैगरी विद्यालयको  काउन्सिलरमा दुर्गाप्रसाद शर्मा, माध्यमिक तहको इञ्चार्जमा विष्णुप्रसाद पोख्रेल, प्राथमिक तहको इञ्चार्जमा  विमला चौधरी,  पूर्व प्राथमिक तहको इञ्चार्जमा विन्दा जिएम नियुक्त भएका छन् । २०५३ सालमा स्थापना भएको यो विद्यालयमा हाल करिब ३ सय विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । विद्यालयमा नर्सरीदेखि कक्षा १० कक्षासम्म पठनपाठन भइरहेको छ ।

विद्यालयका नवनियुक्त पदाधिकारीहरुको नामावली घोषणा कार्यक्रमका अध्यक्ष नवनियुक्त प्रिन्सीपल डा. शैलेन्द्र गिरीको अध्यक्षता एवं प्याब्सन घोराही नगरका अध्यक्ष बालकृष्ण वलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष वलीले नवनियुक्त पदाधिकारीहरुको नाम घोषणा गर्दै  यो अम्बिकेश्वरी शिक्षा सदनलाई मोडेल विद्यालयको रुपमा स्थापित गर्नुपर्ने बताए । उनले विद्यार्थीलाई अहिलेको युग अनुसारको सुहाउँदो शिक्षा प्रदान गर्नुपर्ने र त्यसका लागि विद्यालयले शिक्षालाई संस्कार, संस्कृति प्रविधिसँग जोड्न सक्नुपर्नेमा जोड दिए । विद्यालयले शैक्षिक उपलब्धि  हाँसिल गर्नका लागि विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै व्यवहारिक शिक्षामा जोड्नुपर्ने अध्यक्ष वलीको भनाइ छ ।

विद्यालयका नवनियुक्त  प्रिन्सीपल डा. शैलेन्द्र गिरीले विद्यालयले प्रदान गरेको जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै आगामी शैक्षिकसत्रदेखि विद्यालयमा डिजिटल माध्यमबाट पठनपाठन हुने बताए । उनले  विद्यार्थीको चौतर्फी विकासका लागि हरेक क्रियाकलापमा सहभागी गराउने र व्यवसायिक सीपमा लगाउदै व्यवहारिका शिक्षामा जोडदिने उद्घोष गरे ।
यो विद्यालयलाई शिक्षा क्षेत्रमा अब्बल र उत्कृष्ट बनाउनका लागि नयाँ नेतृत्व आएको हुँदा अब विद्यलयले चाडै मुहार फेर्ने समेत उनको भनाइ छ ।

प्रिन्सीपल डा. शैलेन्द्र गिरीले यो विद्यालयलाई घोराहीकै नमूना विद्यालयको रुपमा चिनाउनका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने बताए । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै व्यबहारिक शिक्षण सिकाइ क्रियाकलापमा जोड्ने समेत उनले बताए ।

विद्यालयको सञ्चालक समितिको प्रवन्धक रेशम गिरीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण विद्यालयका प्रवन्ध निर्देशक डा. भीमसेन गिरीले गरेका थिए ।

Facebook Comments