• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
एकीकृत समाजवादी दाङको अधिबेशन फागुन ९ र १० गते हुने




सूर्य बिसी
माघ । एकीकृत समाजवादी दाङको जिल्ला अधिबेशन आउदो फागुन ९ र १० गते हुने भएको छ ।
मंगलबार  जिल्ला पार्टी कार्यालय दाङमा बसेको एकीकृत समाजवादीको बिस्तारित बैठकले सो निर्णय गरेको हो ।

समाजवादी दाङका जिल्ला अध्यक्ष भुप बहादुर केसीको अध्यक्षतामा  मुल आयोजक समिति गठन गरेको छ भने प्रतिनिधि छनौट फागुन १ मा गर्ने निर्णय गरेको छ । साथै बैठकले अधिबेशन सम्पन्न गर्न  विभिन्न उप समितीहरु गठन गरेको छ । जस अनुसार आर्थिक,  प्रचारप्रसार, प्रतिनिधि छनौट, स्वयंसेवक परिचालन, अतिथि सत्कार, मंच ब्यबस्थापन, यातायात , मेष तथा जन सांस्कृतिक उपसमितिको संयोजकमा क्रमशः दामोदर लामिछाने , सुर्य बिसी, डिल बहादुर पुन,शिशिर पुन, साबित्रा सुनार, गजेन्द्र सिंह खड्का , डिल्ली पुन, गणेश चौधरी र गुरु प्रसाद महरालाई जिम्मेवारी दिइएको प्रचार बिभाग प्रमुख सूर्य बिसीले बताउनुभयो ।

बैठकमा एकीकृत समाजवादीका उपमहासचिव एवं दाङ क्षेत्र नम्बर १ का संघीय सांसद मेटमणि चौधरी, केन्द्रीय सदस्य एवं दाङ इन्चार्ज  जोग बहादुर राना, अनारकली मिया, ससमती चौधरी लगायतले मन्तव्य  राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण जिल्ला सचीव डिल बहादुर पुनले गर्नुभएको थियो ।

Facebook Comments