• २५ जेष्ठ २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रोल्पामा पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप अभियानको तयारी




खुमबहादुर सुनार 

लिवाङ । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान २०८१ आगामी माघ २२ गतेदेखि रोल्पा जिल्लाभर सञ्चालन हुने लागेको जिल्ला स्वास्थ्य कार्यालय राेल्पाले जानकारी दिएको छ ।

अभियान अघि खोप दिने स्वास्थ्यकर्मीहरूका लागि १ दिने अभिमुखीकरण गोष्ठी आइतबार स्वास्थ्य कार्यालय, रोल्पाको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदीको अध्यक्षतामा स्वास्थ्यकर्मीहरूको सहभागीता रहेको थियो। यो गोष्ठीले खोप अभियानलाई प्रभावकारी बनाउनका लागि स्वास्थ्यकर्मीहरूलाई आवश्यक जानकारी तथा तालिम दिएको छ।

उक्त अभियानको लक्ष्य किशोरीहरूको स्वास्थ्य संरक्षण गर्नु रहेको छ। रोल्पा जिल्लाभर सबै किशोरीहरूले यो खोप प्राप्त गर्ने व्यवस्था गरिएको छ।

Facebook Comments