• ३ मंसिर २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुन्टीगढीमा समाजिक सुरक्षा भत्ता बुझ्न आएका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण सेवा शुरु




कमल खड्का
रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बुझ्न आएका जेष्ठ नागरिक अति अशक्त अपाङ्ग व्यक्तिहरूका लागि भत्ता बुझ्ने स्थानबाटै निःशुल्क  स्वास्थ्य परीक्षण सेवा दिन सुरु गरेको छ ।

२०७९ को निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूले जेष्ठ नागरिक अति अशक्त अपाङ्ग व्यक्तिहरूकाे समस्यालाई मध्यनजर गरेर विगतका वर्षहरूदेखि नै देखि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेका हुन्। यसले गर्दा सेवाग्राहीलाई बैंकमा पुगेर लाइन बस्नुपर्ने सामाजिक सुरक्षा भत्ता लिन बैंकमै पुग्नुपर्ने झन्झटबाट मुक्त भएको छ भने  टाढाबाट समाजिक सुरक्षा भत्ता बुझ्न आउने नागरिकहरूलाई पनि सहज भएको छ ।

त्यस्तै सामाजिक सुरक्षा भत्ता बुझ्न आउने व्यक्तिहरूलाई रुन्टीगढी गाउँपालिकाले सेवाग्राहीलाई थप सेवा दिने उद्देश्यका साथ २०८१ माघ ५ गतेबाट एक कार्यक्रम गर्दै निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम पनि सुरु गरेको छ।

शनिबार एक कार्यक्रम गर्दै रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ८ को कार्यालय मेलटाकुराबाट सामाजिक सुरक्षा भत्ता बुझ्न आएका जेष्ठ नागरिक अति अशक्त अपाङ्ग लगायतका व्यक्तिलाई प्रमुख प्राथमिकताकामा राखेर स्वास्थ्य परीक्षण कार्यक्रम उद्घाटन गरिएको थियो।

औपचारिक कार्यक्रम गर्दै उद्घाटन गरिएको कार्यक्रमको अध्यक्षता रुन्टिगढी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष तुलसी पुन  प्रमुख अतिथि रुन्टिगढी गाउँपालिका कार्यवाहक अध्यक्ष चेतलाल खत्री त्यस्तै अतिथिममा प्राथमिक स्वास्थ्य केन्द्र होलेरीका डाक्टर देबराज गिरी प्राथमिक स्वास्थ्य केन्द्र होलेरीका ल्याब असिस्टेन्ट कमल रेग्मी  रुन्टीगढी गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक एशिया बिष्ट रहनुभएको थियो।

वडा नम्बर ८ को मेल्टाकुरामा शनिबार गरिएको स्वास्थ्य परीक्षण कार्यक्रममा ७३ जना बिरामीले सेवा लिएका थिए भने ५५ जना महिला र १८ जना पुरुष रहेका थिए। जसमध्ये अधिकांशमा प्रेसरको समस्या देखिएको स्वास्थ्य चेकजाँचमा खटिएका स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन्। भने १६ जनाकाे सुगरमा शंका लागेपछि सुगर जाँच गरिएको थियो।भने १७ जना को पिसाबमा शंका लागेपछि पिसाब जाँच गरिएको थियो।

पिसाब जाँच गरिएका १७ जनामध्ये दुई जनाको पिसाबमा खतराको सङ्केत देखा परेपछि थप चेकजाँचका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा आउन अनुरोध गरिएको चेक जाँचमा खटिनुभएका ल्याब असिस्टेन्ट कमल रेग्मीले जानकारी दिनुभएको छ । त्यसैगरी १० जनामा टिभी रोगको शंका लागेपछि १० जनाको खकार सङ्कलन गरी परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा ल्याइएको र जसको रिपोर्ट एक दुई दिनमा आउने रेग्मीले बताउनुभएको छ।

रुन्टीगढी गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक एशिया बिष्टको स्वागत मन्तव्यबाट सुरु भएको स्वास्थ्य परीक्षण कार्यक्रमकाे सहजीकरण मेल्टाकुरा आधारभूत स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख शेरबहादुर विश्वकर्माले गर्नुभएको थियो।

Facebook Comments