• २४ कार्तिक २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मास्टर एन्ड मिस गुरुकुल २०८१ को उपाधि निशान र यशुको हातमा




दाङ । मास्टर एन्ड मिस गुरुकुल २०८१ सम्पन्न भएको छ । गुरुकुल एकेडेमीको आयोजनामा भएको कार्यक्रमको आज एक कार्यक्रम गरी ग्राण्ड फिनाले सम्पन्न गरिएको हो ।

मास्टर तर्फ निशान विष्ट र मिस तर्फ यशु बुढाथोकीले प्रथम स्थान हासिल गरेका हुन् । यसैगरी मल्टिमिडिया तर्फ रोसिका खनाल र आरोहन न्यौपाने ,उच्च पोसाक तर्फ एलोन पुन र शान्भि डाँगी ,फोटोजेनिक तर्फ एन्जिस बिसी र रानी विष्ट ,कन्फिडेन्ट तर्फ अनुजा केसी र सिमोन भण्डारी ,ट्यालेन्टतर्फ युजिन गौतम र सगुन केसी र उच्च हिडाई तर्फ अञ्जली रसाइली र एलिस खड्का चयन हुनुभएको छ ।

यसैगरी “सर्वश्रेष्ठ भाषण“ तर्फ पञ्जिका रिजाल र सक्ष्यम डाँगी सर्वश्रेष्ठ हासो तर्फ कुशुम केसी र दिप्सोना अधिकारी चयन हुनुभएको छ ।

बालबालिकाको सर्वाङ्गिण विकासका लागि अतिरिक्त कृयाकलाप अत्यन्तै आवश्यक रहेको हुँदा यस्तो खाले कार्यक्रमपनि आबश्यक पर्ने र बिद्यार्थीहरुको आत्मविश्वास बढाउन भूमिका खेल्ने बिद्यालयका प्रधानाध्यापक डा.कृष्णराज डिसीले बताउनुभएको हो ।

आाफ्नो बिद्यालयका बिद्यार्थीहरुको शिक्षासंगै कला गला तथा आफुमा भएको क्षमता प्रष्फुटन गर्ने र ब्यक्तिक्त्व बिकास गर्ने बिद्यालयका इसिए संयोजक विशालमान श्रेष्ठले जानकारी दिनुभएको हो ।

अत्यन्तै कडा मेहेनतका साथ प्रतिष्पर्धा गरेका बिद्यार्थिहरुले आज भएको ग्रान्ड फिनालेमा आफ्नो प्रतिभा देखाएका थिए । कार्यक्रममा बोल्ने कला , गीत , नृत्य तथा कबिता जस्ता प्रतिभा प्रस्तुत गरेका हुन् ।

मास्टर एन्ड मिस कार्यक्रमको निर्णायकमा नेपाली शिक्षिका शान्ता आचार्य , आइएसए संयोजक इन्द्र प्रशाद पोख्रेल विज्ञान शिक्षिका आशा कुमारी चौधरी रहनुभएको थियो ।

प्रतियोगितामा बिजेता हुने मास्टर तथा मिस गुरुकुल २०८१ ले गुरुकुल ताज पहिरीएका हुन भने ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेका हुन ।साथै क्राउन र ढाका टोपी समेत प्रदान गरिएको थियो । प्रतियोगिता सफल पार्न बिभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैलाई बिद्यालयले धन्यबाद प्रकट गरेको थियो । गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डिसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण इसिए संयोजक विशालमान श्रेष्ठले गर्नुभएको थियो ।

Facebook Comments