• ३० कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेपाली क्रिकेट समर्थक समाज दाङको तेस्रो साधारण सम्पन्न




दाङ । नेपाली क्रिकेट समर्थक समाज (NCSS) जिल्ला समन्वय समिति दाङको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिवार घोराहीमा नेपाली क्रिकेट समर्थक समाज (NCSS) जिल्ला समन्वय समिति दाङको सम्योजक अबिन कार्कीको अध्यक्षतामा तथा सह सम्योजक पुरन सोति मगरको शुभकामना मन्तव्यमा उक्त कार्यक्रम भयको थियो ।

मन्तव्यमा हिमाल महराले दाङ लाइ सक्रिय भएर लाग्न शुभकामना दिदै आवश्यक सहयोग समन्वय गर्न तयार रहेको बताउनु भयो । त्यस्तै दिपक शर्मालेले विगत देखि अहिलेसम्मलाई स्मरण गर्दै तुलनात्मक रूपमा निकै उपलब्धि रहेको भन्दै अझै धेरै काम गर्न बाकी रहेको र ती कामलाइ निरन्तरता दिने बताउनुभयो ।

सम्योजक अबिन कार्कीले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै जिल्लाले बर्षभरिमा गरेका क्रिकेट गतिविधिहरुको बारेमा जानकारी गराउदै एनसिएसएस दाङले छोटो समयमा पाएको यो सफलतालाई थप नयाँ उचाइमा लैजाने प्रयास गर्ने बताउनु भयो ।

Facebook Comments