• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
हार्जङ युवा क्लबको वार्षिकोत्सव, महराद्वारा उद्घाटन




खुम बहादुर सुनार
राेल्पा। लुङ्ग्री गाउँपालिका-७ हार्जङ, राेल्पाका हार्जङ युवा क्लबको छैठौं वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा उद्घाटन भएको छ।

कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री माननीय जोखबहादुर महरा प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा बोल्दै महराले सांस्कृतिक परम्पराको संरक्षण, युवा सहभागिता, र समाज विकासको आवश्यकतामा जोड दिएका थिए।

उनले देशको समृद्धि र समाजवादको लक्ष्य हासिल गर्न युवा क्लबहरूको महत्त्वपूर्ण भूमिका हुने बताए। महराले रोल्पाका दुर्गम क्षेत्रहरूमा विकासका लागि आफ्नो पार्टी नेकपा माओवादी केन्द्रले नेतृत्वदायी भूमिका खेलेको उल्लेख गर्दै पूर्वाधार विकास र रोजगारी सिर्जनामा निरन्तर प्रयास गरिरहेको बताए।

कार्यक्रमका विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार बाबुलाल पुन, लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापा, अतिथि नेपाल पत्रकार महासंघ राेल्पाकाका उपाध्यक्ष भरत नेपाली अन्य अतिथिहरूले समेत कार्यक्रममा शुभकामना व्यक्त गरे। कार्यक्रममा जनवादी गायक झन्कार बुढासहित स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए। मारुनी नाच, झाँक्री नाचलगायत स्थानीय सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो।

हार्जङ युवा क्लबले वार्षिकोत्सवको अवसरमा पुरुष र महिला भलिबल प्रतियोगितालगायत विभिन्न सांस्कृतिक र खेलकुद कार्यक्रमको आयोजना गरेको थियो। आयोजकका अनुसार उक्त कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, आमा समूह, बाल क्लब, पत्रकार, र नागरिक समाजका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Facebook Comments