• ३० कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुपन्देहीमा कुटपिटबाट एक भारतीय मजदुरको मृत्यु




बुटवल । रुपन्देहीमा इँटा उद्योगमा कार्यरत एक भारतीय मजदुरको कुटपिटबाट मृत्यु भएको छ।

सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत निष्ठुरी केवटको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरीलाई सोही उद्योगकै ट्याक्टर चालक सियारी–६ घर भएका १९ वर्षीय कृष्ण केवटले कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

कृष्णलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments