• ३० कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रोल्पामा दुई सडकखण्डको स्तरोन्नति, अनुगमन टोलीद्वारा गुणस्तरीय मूल्यांकन




खुमबहादुर सुनार
लिवाङ । ग्रामीण सडक संजाल सुधार आयोजना अन्तर्गत रोल्पाको सुनिलस्मृति, लुङग्री र सुनछहरी गाउँपालिकालाई जोड्ने धुलेओडार–नम्जा सडकखण्ड (६ किलोमिटर) र रुइनिवाङ–बडाचौर–गुमचाल–हार्जङ–स्युरी सडकखण्ड (२४ किलोमिटर) को स्तरोन्नतिको कार्य सम्पन्न भएको छ।

उक्त सडकखण्डहरुको अनुगमन शनिवार जिल्ला समन्वय समिति राेल्पा प्रमुख सीता आचार्य, सुनिलस्मृति गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकी, लुङग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापा, सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष मिना कुमारी थापा, नेपाल पत्रकार महासंघ रोल्पा शाखाका उपाध्यक्ष भरत नेपाली लगायतको टोलीले गरेको हो।

अनुगमनको क्रममा बायोमेट्रिक प्रविधि सहितको गुणस्तरीय र दिगो सडक निर्माण गरिएको अनुगमन टोलीले जनाएको छ। सम्बन्धित कार्यालयका अनुसार यी सडकखण्डहरु सञ्चालनमा आएपछि उत्तरपूर्वी रोल्पाका झण्डै ७५ हजार स्थानीय बासिन्दाले सहज यातायातको सेवा पाउनेछन्।

सडक निर्माणपछि ग्रामीण क्षेत्रमा यातायात सुगम हुनुका साथै स्थानीय कृषक र व्यापारीहरुले आफ्नो उत्पादन सजिलै बजारसम्म पुर्याउन सक्ने सम्भावना बढेको छ। साथै, उक्त सडकलाई गाम हुँदै मध्यपहाडी लोकमार्गसँग जोड्न सकेमा यो सडक रोल्पाका बासिन्दाका लागि लाइफलाइन साबित हुने विश्वास व्यक्त गरिएको छ।

अनुगमनका क्रममा सहभागीहरुले समयमै स्तरोन्नतिको कार्य सम्पन्न भएकामा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता योजनाहरु प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए।

सडक निर्माण आयोजनाले स्थानीय बासिन्दाको जीवनस्तर सुधार गर्न यो सडकखण्ड महत्वपूर्ण योगदान दिने र यसले रोल्पाको समग्र विकासमा टेवा पुर्याउने विश्वास लिएको छ।

Facebook Comments