• २२ कार्तिक २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
तुलसीपुरमा सामूहिक बलात्कार, तीनजना पक्राउ




केवी वली

दाङ । दाङको तुलसीपुरमा सामूहिक बलात्कारको आरोपमा तीनजना पक्राउ परेका छन् ।
१४ वर्षीय बालिकालाई पुष १३ बेलुका ५ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ स्थित टरीगाँउ फुटबल मैदानको अगाडी जंगलमा लगेर सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् ।

१४ वर्षीय बालिकालाई फकाई स्कुटीमा बसाली टरीगाँउ फुटबल मैदानको अगाडी जंगलमा लगे पश्चात उक्त स्थानमा आएका ३ जना ब्यक्तिहरुले निजपीडितलाई चारैतिरबाट घेरा हालेको र एक जनाले समाती तिमीसंँग सल्लाह भएको बताउदै उक्त स्थानबाट केही पर जंगलमा लगी जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिनुभएको हो।

जबरजस्ती करणी गर्ने कार्यमा दुईजनाले पूर्ण रुपमा सहयोग गरेको र दुई जनाले जबरजस्ती करणी गरेको हुँदा निजहरु मध्ये ३ जनालाई अहिले प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको र एकजना फरार रहेकोमा खोजतलास भई रहेको समेत जानकारी दिनुभएको हो।

Facebook Comments