• २३ कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
खाजा खर्च कटाएर मानव सेवा आश्रमलाई सहयाेग




बासुदेव आचार्य
तुलसीपुर । तुलसीपुर -६ रजाैरास्थित हिमाल एकाडेमीमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर मानव सेवा आश्रम सहयोग गरेका छन् ।

एकेडेमीको व्यवस्थापन सङ्कायमा अध्ययनरत कक्षा ११ का विद्यार्थीहरुले आफ्नाे खाजा खर्च कटाएर तुलसीपुरमा रहेको मानव सेवा आश्रम पुगी आश्रम अवलाेकन गरी त्यहाँ रहेका जिउँदा भगवान् रुपि आश्रितहरुलाई सहयाेग गरेका हुन् ।

विद्यार्थीहरुले जाडाेकाे लागि आवश्यक पर्ने सामग्री कम्बल सहयाेग स्वरुप आश्रमका व्यवस्थापकलाई हस्तान्तरण गरेका थिए ।

सामग्राी बुझ्दै व्यवस्थापक हृदेश जाेशीले संस्कार हराउदै गइरहेकाे हाम्रो समाजमा विद्यार्थीमा यसरी सकारात्मक साेचकाे विकास भएकाेमा विद्यार्थीकाे उच्चकण्ठले प्रशंसा गर्नुभएको थियाे।

किताबका पानाहरुमा पढेका कुरालाई प्रत्यक्ष अवलाेकन गर्न पाएकाेमा अाफूहरु खुसी भएकाे र अर्कोतिर आश्रित आमाबुवा देख्दा दुःख लागेकाे विद्यार्थी प्रिन्सु क्षेत्रीले बताइन्।

यहाँ देखेका ,अनुभव र अनुभूति गरेका दृश्यले जीवनकाे सार्थकता दिएकाे अर्की छात्रा मनीषा कालाथाेकीले बताइन्।

वेलावेला यस्ता अवलाेकनहरुले विद्यार्थीमा सकारात्मक भावनाकाे साथसाथै संस्कार ,सभ्यता र मानवताकाे विकास गराउने धारणा शिक्षक बासुदेव आचार्यले राख्नुभएकाे थियाे ।

कार्यक्रमकाे सहजीकरण मानवसेवा आश्रम तुलसीपुर शाखा प्रमुख हृदेश जाेशीले गर्नुभएको थियाे ।

Facebook Comments