• २३ कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राजपुर-२ मा विपन्नलाई कम्बल वितरण




श्रवण कुमार यादव
राजपुर। दाङ जिल्लाको राजपुर गाउँपालिका वडा नं. २ मा हिजो बुधबार ५६ जना असहाय, गरिब, दुखी तथा विपन्न व्यक्तिहरूलाई कम्बल वितरण गरिएको छ। वडा नम्बर २ स्थित वडा कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच विपन्न, गरीब तथा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको वडाले जनाएको छ।

चिसो मौसमलाई मध्यनजर गरेर गरिब तथा असहाय व्यक्तिहरूलाई राहत पुर्‍याउने उद्देश्यले ५६ जना असहाय, गरिब, दुखी तथा विपन्न व्यक्तिहरूलाई कम्बल वितरण गरिएको राजपुर गाउँपालिका वडा नं २ का वडा अध्यक्ष ओम प्रकाश यादवले बताए । उनले भने, ‘चिसो मौसमबाट बच्न नागरिकलाई सहयोग पुगोस् र विपन्न वर्गको जीवनस्तर सुधार्न र उनीहरूको समस्यामा केही हदसम्म सहयोग पुर्‍याउन सकिने उद्देश्यले कम्बल वितरण गरिएको हो।’

कार्यक्रममा गाउँपालिका राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकी, गाउँपालिका उपाध्यक्ष धनपति देवी यादव, राजपुर गाउँपालिका महिला तथा बालबालिका विकास शाखाकी सुनिता चौधरी, समाजसेवी, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो।

Facebook Comments