घोराही। दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले सनिवार
बृद्धाश्रममा फलफूल तथा सामाग्री सहयोग गरेको छ । घोराही उपमहानगरपालिका तेरौटे स्थित बृद्धाश्रममा बस्दै आएका बृद्धबृद्धाहरुलाई फलफूल तथा अत्याबस्यक सामग्रीहरु सहयोग गरेको हो ।
बृद्धबृद्धाहरुको फलफूल र चामल राख्ने ड्रम २ पिस लगायतको सामाग्री सहयोग गरेको हो । सनिवार बृद्धाश्रममा पुगेर सहयोग हस्तान्तरण गरेका हो । एक कार्यक्रम गरि दाङ जिल्ला फोटोग्राफर एसोसिएसनका अध्यक्ष दुर्गा प्रसाद चौधरीको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष एंव नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष वसन्त जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
