घोराही । दाङको घोराही उपमहानगरपालिकामा ७ औँ मेयर रनिङ कप फुटबल प्रतियोगिता २०८१ शुरु भएको छ । उपमहानगरपालिकाको खेलकुद नगर विकास समितिको आयोजनामा शुक्रबारदेखि घोराही -१८ नवलपुर खेल मैदानमा फुटबल प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगितामा घोराही उपमहानगरपालिका भित्रका १९ वटै वडाबाट खेलाडीहरु प्रतिस्पर्धा गर्ने छन् । उद्घाटन खेल गत बर्षको विजेता वडा नम्बर १७ र वडा नम्बर १३ बीच भएको छ । खेलमा वडा नम्बर १३ ले २ का विरुद्ध ३ गोल गर्दै वडा नम्बर १७ लाई पराजित गरेको छ ।
शनिबार तीनवटा खेल हुने छन् । जस अनुसार ११ बजे वडा नम्बर ११ र ७, १ बजे वडा नम्बर ५ र १० तथा ३ बजे वडा नम्बर १८ र १२ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।