• ६ माघ २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
“सानो प्रयासले ठूलो परिवर्तन सम्भव छ” – अध्यक्ष विष्ट




भालुबाङ । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सकिने बताउँदै वातावरणीय सुधारको अभियानमा सबैको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिनुभएको छ।

आइतबार एक पालिकावासीको मलामीमा सहभागी भई प्लास्टिकजन्य फोहोरको सरसफाइ गर्दै अध्यक्ष विष्टले भन्नुभयो, “हामी मलामी जाँदा आफन्तलाई अन्तिम बिदाइ दिन्छौं, तर त्यही यात्राबाट समाजलाई केहि योगदान दिन सक्यौं भने त्यो हाम्रो दायित्व पूरा गरेको ठहर्छ।”

अध्यक्ष विष्टले मलामी यात्राका क्रममा जम्मा हुने प्लास्टिकजन्य फोहोर संकलन गर्ने कार्यलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने बताउनुभयो। उहाँले थप्नुभयो, “यो अभियान केवल सरसफाइको काम मात्रै होइन, यो वातावरणीय चेतनाको सन्देश पनि हो। हाम्रो पालिकालाई स्वच्छ, हराभरा र समृद्ध बनाउन सबैको रचनात्मक सहयोग आवश्यक छ।”

अध्यक्ष विष्टले साना-तिना प्रयासले समाजमा ठूला र सकारात्मक परिवर्तन ल्याउन सकिने बताउदै यस प्रकारका कार्यले स्थानीय स्तरमा वातावरणीय सुधार र स्वच्छता कायम गर्नुका साथै  जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण  सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

Facebook Comments