• ३० कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लैंगिक हिंसा प्रभावितहरुलाई लक्षित गरेर लुम्बिनीमा पुर्नस्थापना गृह बनाइँदै




देउखुरी । लुम्बिनी प्रदेशमा पुर्नस्थापना गृह निर्माण गरिने भएको छ । लैंगिक हिंसा प्रभावितहरुको पुर्नस्थापनाको लागि पुर्नस्थापना गृहको आवश्यकता परेको हो ।

एसियाली विकास बैंकको अनुदान सहयोगमा दाङकाे घाेराहीमा पुर्नस्थापना गृह बनाउन थालिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ । एसियाली विकास बैंकका प्रतिनिधि मण्डल संगको भेटमा मुख्यमन्त्री चेतनारायण आचार्यले जग्गा प्राप्तीको काम अन्तिम चरणमा पुगेको, लगत्तै भवन निर्माणको ठेक्काको काम अघि बढ्ने जानकारी दिनुभयो ।‘हिंसामुक्त समाज निर्माण गर्ने प्रदेशको संकल्प छ । यसकालागि हिंसा प्रभावितहरुकाे न्यायमा सहज पहुँच पु¥याउन, समाज र घर परिवारमा पुर्नस्थापनाकोलागि पुर्नस्थापना गृहको आवश्यकता परेको हो’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘सामाजिक न्याय र समतामुलक समाज निर्माण गर्ने संकल्प प्रदेश सरकारकाे छ ।’

सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले हिंसाप्रभावितहरुको न्यायको लागि अन्य क्षेत्रहरुमा पनि पुर्नस्थापना गृहको आवश्यकता रहेको औंल्याउनुभयो ।

यसैविच एसियाली विकास बैंकको अनुदान सहयोगमा प्रदेशका पाँच जिल्लामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन निर्माणको काम पनि अघि बढेको छ । रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, बर्दिया र अर्घाखाँची स्थित प्रहरी कार्यालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन निर्माण गर्न थालिएको हो ।

महिला समुत्थान परियोजना अन्तरगत सेवा केन्द्र र पुर्नस्थापना गृह निर्माणको प्रकृया अघि बढेको हो । लैंगिक हिंसा न्यूनिकरण गर्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्य सहित परियोजना लागु भएको छ ।

Facebook Comments