• २९ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानको निमित्त शिक्षाध्यक्षमा लामिछाने नियुक्त




दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त शिक्षाध्यक्षमा प्राध्यापक डा. बसन्त लामिछाने नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति डा. बिकास लामिछानेले मंसिर १६ गतेदेखि लागु हुने गरि बसन्तलाई निमित्त शिक्षाध्यक्षमा नियुक्त गरेका हुन् ।

यसअघि शिक्षाध्यक्ष भई उनले काम गरि सकेका छन् । बिगतमा पनि प्रतिष्ठानको बिभिन्न पदाधिकारी जिम्मेवारीमा रहि उनले काम गरिसकेको अनुभब छ । केही समय निमित्त उपकुलपति भएरपनि बसन्तले जिम्मेवारी सम्हालेका थिए । आफुलाई बिश्वास गरेर निमित्त शिक्षाध्यक्षको जिम्मेवारी दिने प्रतिष्ठानका उपकुलपति लगायत सबैलाई धन्यवाद दिँदै पदीय जिम्मेवारी अनुसार काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिष्ठानको प्रसुति बिभागको बिभागीय प्रमुख रहि लामो समयदेखि प्रसुति रोग विशेषज्ञकारुपमा आफ्नो चिकित्सा सेवा उनले दिँदै आएका छन् ।

Facebook Comments