• २८ कार्तिक २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुली ८ मा वडा अध्यक्ष कप भलिवल प्रतियोगिता सुरु




मधुसूदन गिरी
बंगलाचुली। दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ८ मा वडा अध्यक्ष कप महिला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। बंगलाचुली गाउँपालिका वडा नम्बर ८ को आयोजनामा आज देखि प्रतियोगिता सुरु भएको हो।

बंगलाचुली गाउँ पालिका वडा नम्बर ८ का अध्यक्ष झविन्द्र गाहामगरको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको प्रमुख आतिथ्यतामा प्रतियोगिताको आज हाँसिपुर खेल मैदानमा उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले खेलकुद गतिविधिले समाजमा एकाताको सन्देश दिने बताउनुभयो। यस्तै सामुहिक कार्य गरेर सफलता हाँसिल गर्न सकिन्छ भन्ने सन्देश समेत दिने बताउनुभयो। बंगलाचुलीमा खेलकुद क्षेत्रको विकासको पालिकाले लागि पर्याप्त बजेट छुट्याइएको उहाँले बताउनुभयो । बंगलाचुली गाउँपालिकाले भौतिक विकास सँगसँगै मानविय विकासलाई समेत जोड दिएको बताउनुभयो।

उद्घाटन कार्यक्रममा स्वास्थ्य चौकी हाँसिपुरका प्रमुख  देविकला बुढा, खड्ग मन्दिर मावि हाँसिपुरका प्रधानाध्यापक शिशिर कुमार कार्की,  बंगलाचुली गाउँपालिका वडा नम्बर ८ का पुर्व वडा अध्यक्ष गिर बहादुर बाँठा लगायतले बोल्नुभएको थियो।

कार्यक्रममा पुर्व जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षा कर्मी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सहित खेलप्रेमीको उल्लेख्य सहभागीता रहेको थियो।

प्रतियोगितामा ८ टिम पुरुष र ६ टिम महिला गरि १४ टिमको सहभागिता रहेको खेल भोलि सम्म चल्नेछ।

बंगलाचुली गाउँपालिका वडा नम्बर ८ का वडा सदस्य खुम बहादुर गाहा मगरको स्वगात मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सहजिकरण नारायण विकले गर्नुभएको थियो ।

Facebook Comments