• २९ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
`महायज्ञमा दाता पहिचान गर्न सबैको सहयोग आवश्यक´ संयोजक डाँगी




दाङ। यहि मंसिर २१ गतेदेखि माबि सौडियारको प्राङ्गणमा सुरु हुने श्रीमद भागबत ज्ञान महायज्ञको पूर्ब तयारी स्वरुप दाता पहिचान समितिको बैठक सम्पन्न भएको छ। दाता पहिचान समितिका संयोजक सौडियार निबासी भुपबहादुर डाँगीको संयोजकत्वमा गठित उपसमितिको बैठक बसेको हो।

महायज्ञ मुल आयोजक समितिका संयोजक निशानदाजु भट्टराईको अध्यक्षतामा बसेको बैठकमा बोल्दै डाँगीले दाता पहिचान गर्न सबैले सहयोग गर्नुपर्ने भन्दै स्थानियरुपमा शिक्षक तथा शिक्षिका, जनप्रतिनिधि, अभिभाबक, पूर्ब बिद्यार्थी, बिब्यस, सामाजिक अगुवा, राजनीतिक दल सबैले आ-आफ्नो तर्फबाट दाताको सुचि बनाएर समन्वय गर्नुपर्ने बताउनुभयो । उहाँले समुदायको साझा सम्पत्तिका रुपमा बिद्यालय रहेकाले बिद्यालयको हितका लागि आयोजित महायज्ञ सबै मिलेर सफल पार्नुपर्ने बताउनुभयो ।

सो अवसरमा बोल्दै घोराही- ७ का वडा अध्यक्ष खोपिराम चौधरीले पनि महायज्ञ सफल पार्न वडाले सबै जनप्रतिनिधि, स्थानीय समुदायको धेरै भन्दा धेरै सहयोग जुट्ने गरि बाताबरण बनाउदै लैजान सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

त्यस्तै पूर्ब बिब्यस अध्यक्ष भिमप्रकाश खड्काले महायज्ञ सफल पार्नु साझा कर्तब्य हुन आएको भन्दै आफ्नो वडामा बिद्यालयको बिकासका लागि हुन लागेको पुणित कार्यमा सहभागी हुन सबैमा आग्रह गर्नुभयो ।

छलफलमा घोराही- ७ का वडा सदस्य तथा धान्याञ्चल उपसमितिका संयोजक चिजबहादुर चौधरी, पूर्ब बिब्यस अध्यक्ष बुद्धिप्रकाश चौधरी सचीन, बिब्यस सल्लाहकार माधब न्यौपाने, शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर कुवँरले दाता पहिचान गर्ने कुरामा सबैले आ-आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बिचार ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक नन्दबहादुर वली, सहायक प्रधानाध्यापक दामोदर पाण्डेले महायज्ञको तयारीका बारेमा जानकारी दिँदै प्रचार प्रसार, निमन्त्रणा पत्र बाड्ने काम चलिरहेको बताउनुभयो ।

Facebook Comments