देउखुरी । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशले मंसिर १५ सम्म वडा सम्मेलन र मंसिर २९ गतेभित्र पालिका सम्मेलन गर्ने निर्णय गरेको छ ।
प्रदेश समितिको देउखुरीमा बसेको बैठकले सो निर्णय गरेको हो ।
पार्टी केन्द्रको निर्देशनअनुसार मंसिर ७ गतेसम्म संगठित सदस्य नवीकरण, लेवी र अभिलेखीकरण गरिसक्ने, मंसिर ८ देखि १५ गतेसम्म वडा अधिवेशन गरिसक्ने र मंसिर १६ देखि २९ गतेसम्म गाउँ, नगर तथा उपमहानगर अधिवेशन गरिसक्ने निर्णय भएको प्रदेश प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिनुभयो ।
बैठकमा जिल्ला इञ्चार्जहरुले रिपोर्टिङ गर्नुभएको थियो । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले मंसिर मसान्तभित्र देशैभरिका पालिकामा सम्मेलन र खबरदारी सभा गर्ने निर्णय गरेको थियो । सो पार्टीले पुस २ गतेदेखि सुरु हुने गरी केन्द्रीय समिति बैठक आह्वान गरेको छ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।