• ३० कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती गाउँपालिकामा निःशुल्क घुम्ती शौचालय सञ्चालन




तुल बहादुर कवँर मगर

देउखुरी । दाङको राप्ती गाउँपालिकाले यात्रु र स्थानीयका लागि नि:शुल्क घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ।

एशियाली विकास बैंक र जापान फण्ड फर प्राेवर्टी रिडक्सन (जेएफपीआर)को अनुदान सहयोगमा खानेपानी मन्त्रालयअन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले मझौला र साना सहरहरूमा खानेपानी, सरसफाइ, स्वच्छता र स्वास्थ्य पहलमार्फत कोभिड-१९ रोकथाम तथा नियन्त्रण आयोजना मार्फत उपलब्ध साे शौचालय सञ्चालनमा ल्याइएको हाे।
उपलब्ध दुई घुम्ती शौचालयमध्ये एउटा वडा नम्बर २ को लालमटियामा सञ्चालन गरिएको छ भने अर्को शौचालयलाई मेला, महोत्सव र विशेष कार्यक्रममा प्रयोग गरिने गाउँपालिकाले जनाएको छ।

उक्त शाैचालयमा एउटा अपाङ्ग मैत्री शाैचालय सहित ५ वटा शाैचालय रहेको छ।
लालमटियामा सञ्चालनमा आएको शौचालयको व्यवस्थापन लालमटिया बजार व्यवस्थापन समितिले गर्नेछ।

Facebook Comments