• ३० कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङकाे राप्ती नदिमा बगेर १६ वर्षीया बालिकाकाे मृत्युु




दाङ। राप्ती नदीमा भैँसी तार्ने क्रममा बेपत्ता भएकी १६ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।

दाङको राजपुर गाउँपालिकमा वडा नंम्बर ३ कालीपुरुवाका रामकुमार यादवको छोरी १६ का विद्यावती यादव मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले जानकारी दिनुभयो।

यादव हिजो बुधबार साँझ ६ बजेतिर लमही नगरपालिका-८ दुईघरवाबाट भैँसी चराई घर तर्फ फर्किदै गर्दा राप्ती नदीमा भैँसी तार्ने क्रममा बगी बेपत्ता हुनुभएको थियो । यादव बगेर बेपत्ता भएको स्थानियले प्रहरीलाई खबर गरे पश्चात स्थानीयवासी र प्रहरी टोलीले खोजी प्रक्रिया सुरु गरेका डिएसपी थापाले बताउनुभयो।

बेपत्ता बालिकालाई खोजी गदै जाँदा आज बिहान साढे ८ बजेतिर लमही नगरपालिका ८ धनपुरुवा स्थित राप्ती नदीको बीचमा बालिकाको शव फेला परेको थापाले जानकारी दिनुभयो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments