• ३ मंसिर २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा आज भाइटिकाकै दिन १० जना जुवाडे पक्राउ




दाङ। दाङमा आज विहानै भाइटिकाकै दिनमा १० जना जुवाडे पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ बनकट्टामा देवबहादुर वलीको घरमा जुवा खेलिरहेका १० जना जुवाडे पक्राउ परेका हुन्।

उनीहरूलाई नगद १ लाख ३३ हजार ११० सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिनुभयो।

उहाँका अनुसार पक्राउ पर्नेमा सोहि वडाका ९ जना र १ जना तुलसीपुर-९ अश्वाराका रहेका छन्। प्रहरीले जुवाको खालबाट तुलसीपुर-१७ बनकट्टाका ५८ वर्षका भमी वली, ४९ वर्षका लुमा सहि बस्नेत, ३२ वर्षका नरबहादुर चौधरी, ५८ वर्षका केशरबहादुर वली, ३६ वर्षका शरद वलीलाई पक्राउ गरेको छ।

यस्तै सोहि ठाउँकै ३८ वर्षका सुशील वली, ४१ वर्षका रेखबहादुर वली, ४९ वर्षका मदन वली, ५१ वर्षका देवबहादुर वली (घरधनी) र तुलसीपुर -९ अश्वाराका ४९ वर्षका बालाराम भट्टराईलाई जुवाको खालबाट पक्राउ गरिएको प्रवक्ता थापाले बताउनुभयो। उनिहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments