• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कलश सहकारीद्वारा धारपानी मन्दिरमा सरसफाई कार्यक्रम




हेमराज शर्मा
दाङ। दाङको घोराही १५ स्थित कलश बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसका अवसरमा आज धारपानी मन्दिर धारपानीमा सरसफाई गरिएको छ ।

कलशको सामाजिक सेवा अन्तरगत घोराही ५ धारपानीमा रहेको पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा सरसफाई गरिएको हो । संस्थाका अध्यक्ष माधव खनालको अध्यक्षता तथा पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीको प्रमुख आतिथ्यमा सरसफाई कार्य गरिएको हो ।

सो अवसरमा बिश्वकै अग्लो त्रिशुलरहेको स्थान,त्रिशुलदेखी धर्मशाला जाने बाटो,ओम पोखरी हुदै गेट सम्म रहेका पलाष्टिक जन्य फोहोर सामग्री तथा बाटोमा पर्ने बुट्यान झारपात सफा गरिएको थियो । सरसफाई कार्यक्रममा कलशका निवर्तमान अध्यक्ष बालचन्द्र शर्मा,उपाध्यक्ष चन्द्रावती भण्डारी,सचिव विमल योगी,कोषाध्यक्ष नवराज भण्डारी,प्रेस सल्लाहकार हेमराज शर्मा,सर्वोत्तम बहुउदेश्य सहकारी संस्थाका अध्यक्ष धुव्रराज पौडेल,उपाध्यक्ष शालिकराम खनाल,सहकारीका निवर्तमान उपाध्यक्ष नविन कुमार पाण्डेय,ऋण उपसमितिका संयोजक इश्वरी प्रसाद आचार्य,अनुगमन मुल्याङ्कन उप समितिका संयोजक श्रीकान्त अधिकारी,शिक्षा उपसमितिका संयोजक केशव रिजाल,सञ्चालक समितिका सदस्यहरु गेहेन्द्र वस्नेत,हरिहर आचार्य,लेखा सुपरिवेक्षण समितिका सदस्य मंगला राणा,संस्थाका व्यवस्थापक प्रकाश अधिकारी लगायत कर्मचारीहरु, अस्थायी प्रहरी पोष्ट धारपानी,मन्दिरका सदस्य तथा कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

Facebook Comments