• ३० कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लुम्बिनी सरकारमा थपिएका मन्त्रीहरूले लिए शपथ




दाङ । लुम्बिनी प्रदेशमा थपिएका तीनैजना मन्त्रीहरूले शपथग्रहण गरेका छन्। उनीहरूलाई प्रदेश प्रमुख कृष्ण घर्तीले एक समारोहकाबीच शपथ ग्रहण गराएका हुन्।

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार नेपाली कांग्रेसबाट जन्मजय तिमिल्सिना र देवकरण कलवार तथा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट आदेश कुमार अग्रवाललाई मन्त्री नियुक्त गरेका थिए।

बर्दियाबाट निर्वाचित कांग्रेसका तिमिल्सिनालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नवलपरासीबाट निर्वाचन कलवारलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघिका मन्त्री बादशाह कुर्मीले राजीनामा दिएपछि वन मन्त्रालय रिक्त रहेको थियो।

यसैगरी जसपाका अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले जानकारी दिए।

बुधबार सरकारमा तीन मन्त्री थपिए पनि मन्त्री परिषद्ले पूर्णता भने पाएको छैन। प्रदेशमा एक मन्त्रालय अझै रिक्त छ। अहिले ११ सदस्यीय मन्त्री परिषद् बनेकोमा यो प्रदेशमा १२ मन्त्रालय हुन्। अहिले प्रदेशमा युवा तथा खेलकुद मन्त्रालय रिक्त रहेको छ। यो मन्त्रालय साना दलहरूलाई दिने तयारी मुख्यमन्त्रीको छ। तर मन्त्रालयमा दाबी गरिरहेका नागरिक उन्मुक्ति र लोसपाबाट कसलाई सरकारमा सहभागी गराउने भन्ने विषयमा मुख्यमन्त्री अनिर्णीत छन्।

Facebook Comments