• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्तीका प्राविधिक कर्मचारीलाई भवन निर्माण मापदण्ड तथा भवन संहितासम्बन्धी अभिमुखीकरण 




तुल बहादुर कवँर मगर

भालुबाङ । दाङको राप्ती गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूलाई भवन निर्माण मापदण्ड तथा भवन संहिता सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आइतबार प्रदान गरिएको छ।

राप्ती गाउँपालिका पूर्वाधार विकास तथा भवन नियमन शाखाकाे आयोजनामा साे अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको हाे।

अभिमुखीकरण कार्यक्रममा भवन निर्माणका मापदण्ड, भवन संहिता र अन्य कानुनी प्रावधानहरूको बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियोे ।

त्यस्तै कार्यक्रममा गाउँपालिकामा भवन निर्माण गर्दा आउने समस्याहरू र तिनको समाधानका उपायहरूका बारेमा समेत छलफल गरिएको बताइएको छ ।

राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले सुरक्षित र मापदण्डअनुसारका भवन निर्माणमा प्राविधिक कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहेको भन्दै यो अभिमुखीकरण कार्यक्रमले उनीहरूलाई थप दक्ष र सक्षम बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयाे।

कार्यक्रममा प्रदेश राजधानी कार्यान्वयन इकाईका इन्जिनियर विश्व रेग्मी र राप्ती गाउँपालिका भाैतिक पूर्वाधार शाखा प्रमुख अशोक बेल्वासेले भवन संहिता र मापदण्डको पालना नगर्दा हुन सक्ने सम्भावित जोखिमहरूबारेमा जानकारी गराउँदै भवन निर्माणका नवीनतम प्रविधिहरूको प्रयोग लगायत अन्य विभिन्न विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो।

गाउँपालिकामा कार्यरत इन्जिनियर, ओभरसियर र अन्य प्राविधिक कर्मचारीहरूको सहभागिता रहेको कार्यक्रमकाे सहजीकरण गाउँपालिकाकी असिस्टेन्ट सव इन्जिनियर बिमला भट्टराईले गर्नु भएको थियोे ।

यस कार्यक्रमले गाउँपालिकामा भवन निर्माण कार्यलाई अझ व्यवस्थित, सुरक्षित र दिगो बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।

Facebook Comments