घोराही । प्रजातान्त्रिक उद्यमी संघको आयोजनामा शनिवार घोराहीमा दशैं तिहार तथा छठपर्वको शुभकामना एवं रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
संघका अध्यक्ष कालीबहादुर खत्री (मानु) को अध्यक्षता एवं नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि डाँगीले व्यवसायीका समस्या बुझ्न र उचित समाधान निकाली मन जित्न निर्देशन दिनुभयो । उहाँले आफ्नो क्षेत्रका बारेमा चिन्ता गर्न र त्यसैलाई सुधार्न जरुरी रहेको बताउनुभयो । उहाँका अनुसार त्यसरी समस्या समाधान गरेपछि मात्रै मन जित्न र पार्टी बनाउन सकिन्छ ।
यसैगरी सिर्जनात्मक, सेवामूलक र समाजलाई लाभ हुने काम गरेको भन्दै संघलाई वक्ताहरुले धन्यवाद दिए । संस्थालाई जीवित राख्न कार्यक्रम उपयोगी हुने उनीहरुको भनाइ थियो । रक्तदानले मानिसको ज्यान बचाउने र दाताहरुलाई स्मरण गर्ने बताउनुभयोे । सो अवसरमा सुरज बुढाथोकी, मुक्तिराम खनाल, पुष्करराज न्यौपाने, सुनिलकुमार गुप्ता, विश्व पुन मगर, सागरप्रसाद बुढामगर, सुनिल चौधरी, रोशन घर्ती मगर, विशाल गिरी, कमलराज पाण्डे, सन्देहा डाँगी, अक्षयकुमार रखाल, शान्ता कँवर, दुर्लभ केसी, लोकेन्द्र घर्ती मगर, दीपेन्द्र वली, वासना खडका, मनिषा बोहोरा घिमिरे, ऋषि पोख्रेल, हिन्दामाया रोका, संकल्प आचार्य, सौगात बुढाथोकी, अस्मिता विष्ट, विकल्प अधिकारी, महेन्द्र बोहरा, सुविन्द विक र यम खड्काले रक्तदान गर्नुभएको थियो ।
संघका संस्थापक अध्यक्ष हुमाकान्त अधिकारी, प्रदेश २ क का सभापति प्रकाश श्रेष्ठ, प्रदेश २ का कोषाध्यक्ष गोपाल भुसाल, घोराही नगर सभापति तिलक रावत, उद्योग विभाग निवर्तमान प्रमुख टंकसिंह बुढाथोकी, संघका सल्लाहकार श्याम सुवेदी, नेविसंघका जिल्ला अध्यक्ष कुलराज पोखे्रेल, दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठ र घोराही चेम्बर अफ कमर्सका अध्यक्ष दुर्लभ केसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वागत तेजबहादुर पौडेल (विश्व) ले र सञ्चालन महासचिव श्रीधर धितालले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।