दाङ । पूर्व—पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएको स्थानमा गए रातिदेखि डाइभर्सन निर्माणको काम सुरु भएको छ । बर्दघाट नगरपालिका(४ खुर्सानीखोलानजिकै सोमबार सडक भासिएको थियो। जसका कारण पूर्व(पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको हो ।
सोमबार राति ११ बजेदेखि डाइभर्सन निर्माणको काम सुरु भएको र आज दिउँसोसम्ममा एकतर्फी भए पनि यातायात सञ्चालन गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । अलपत्र परेका सवारीलाई पूर्वतर्फ दुम्कीबास र पश्चिमतर्फ बर्दघाटमा रोकिएको छ । सडक खुलाउनका लागि प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, सुरक्षा निकायका प्रमुख र सडक विभागको टोली नै खटिएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।