• २३ मंसिर २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेश ​पूर्णखोप सुनिश्चित घोषणा




देउखुरी । लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ ।
१५ महिनाभन्दा कम उमेरका बालबालिकालाई राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज एक कार्यक्रमका बीच प्रदेशलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गर्नुभएको हो ।

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०/८१ रणनीति अनुसार १६ देखि ५९ महिनाका एक सय ३० शून्य मात्राका र दुई हजार तीन सय ४३ खोप लगाउन छुटेका बालबालिकालाई खोजी गरेर पूर्ण खोप लगाइएको छ । लुम्बिनी प्रदेशमा दुई लाख ६२ हजार आठ सय ५६ जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित गरिएपछि पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा स्वास्थ्यमन्त्री खेम सारुलगायत स्थानीय तहका प्रमुख तथा उपप्रमुखको सहभागिता थियो । बालबालिकालाई विभिन्न सरुवा रोगविरुद्ध खोप लगाइँदै आएको छ ।

क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बि, हेमोफिलस इन्फ्लुएञ्जा बी, पोलियो, दादुरा, रुबेला, न्यूमोनिया, मेनिन्जाईटिस, जापानिज इन्सेफलाइटिस, टाइफाइड, रोटा भाइरसबाट हुने झाडापखालाविरुद्ध खोप उपलब्ध गराउँदै आइएको हो ।

Facebook Comments