घोराही । जनक बचत तथा ऋण सहकारी लि.को १६ औं साधारण सभा तथा ५ औं अधिवेशन सनिवार सम्पन्न भएको छ ।
उक्त अधिवेशनले रवि वलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ जस्मा उपाध्यक्षमा सरोज महरा, सचिवमा छविलाल भण्डारी र कोषाध्यक्षमा कविता सेन ठकुरी सर्वसहमत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा रेमन्त वली, हुकुम बुढाथोकी, एन्जिला कार्की, हेमकुमार जि.एम. र बसन्त केसी रेहका छन ।
साथै ५औं अधिवेशन शिक्ष उपसमितिमा शुभम् सिंह गुप्ताको संयोजकमा ऋषिकेश भट्टराई, रेख बहादुर बस्नेत तथा रेमन्त वलीको संयोजकमा ऋण उपसमिति रहेको छ जस्को सदस्यमा पार्थ बिष्ट र जानेन्द्र गिरी र लेखा सुपरिवेक्षण समितिमा शिवराज वलीको संयोजकमा शुसिला खड्का र विक्रम चौधरी रहेका छन् ।
जनक बचत तथा ऋण सहकारी लि. घोराही–६ चैनपुरका अध्यक्ष अम्मर बहादुर ओलीको अध्यक्षता तथा घोराही—६का वडा अध्यक्ष विष्णुराम आचार्यको प्रमुख अतिथिमा भएको १६ औं साधारण सभा तथा ५ औं अधिवेशनमा २०८०/ ०८१को आर्थिक प्रतिवेदन, २०८१/०८२को वार्षिक कार्यक्रम र बजेट तथा कार्यविधि पारित समेत गरेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।