बिष्णु गाेराथाेकी
प्यूठान । आरिघाेप्टे नामक अविरल वर्षाका कारण स्वर्गद्वारी नगरपालिका ३ जलुकेमा एक घर उच्च जाेखिममा परेकाे छ। शुक्रबार साझँ करिब ६ बजेको समयमा स्थानीय उमेश पोख्रललेको घरको पछाडीबाट पहिरो गएको थियाे ।
पहिराे खस्दा त्यहाँका अन्य घरहरुपनि जाेखिमपुर्ण रहेकाे स्थानीयले जानकारी दिनुभएको छ । बिपत व्यवस्थापन तथा स्थानीय सरकारले ध्यानाकर्षण गराउदा पनि कुनै चासो नदिएकाे पाेख्राेलले जानकारि दिनुभएकाे छ ।
याे बिषयमा वडा अध्यक्ष कृष्ण राेकायले जाेखिम भनिएको स्थान अवलोकन गरि मुचुल्का उठाउने र बजेटका आधारमा क्षतिपुर्ति उपलब्ध गराउने जानकारी दिनुभएकाे छ । साथै उपमेयर मिनराज रानाले घर पुर्ण जाेखिममा रहेकाले तत्काल केही गर्न नसकिने बताउनुभएको छ । जाेखिमकाे घटना र क्षतिकाे आधारमा मुचुल्का उठाइ क्षतिपुर्ति उपलब्ध गराउने प्रतिबद्धता दिनुभएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।