दाङ । सर्वोच्च अदालतले रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र पुरानै कायम गर्न आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले यस्तो अदोश दिएको हो ।
‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४(५)मा गाउँपालिकाको पहिलो निर्वाचन भएको मितिले छ महिनाभित्र नाम वा केन्द्र परिवर्तनका लागि एकपटकका लागि गाउँसाभाको बहुमतबाट नेपाल सरकारमा सिफारिस गर्नसक्ने र सो बमोजिम नेपाल सरकारले नाम वा केन्द्र परिवर्तन गर्नसक्ने व्यवस्था गरेको, गाउँपालिकाको पहिलो निर्वाचनपछि मिति २०७४ फागुन १४ गते सुकिदह गाउँपालिकाको नाम गंगादेव गाउँपालिका र केन्द्र जिनावाङबाट सानाडाँडामा सार्ने निर्णय भइसकेको अवस्थामा पुनः सो गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गरेकोमा अवस्था देखिदा प्रस्तुत निवेदनमा अन्तिम निर्णय नभएसम्म गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने गरी गंगादेव गाउँपालिकाको सभाको मिति २०७९ असार ३१ गतेको निर्णय तथा नेपाल सरकारको २०८१ भदौ २० को निर्णय तत्काल कार्यान्वयन नगर्नु, नगराउनु साविककै गंगादेव गाउँपालिकाको नाम तथा सानाडाँडा केन्द्रबाट पूर्ववत् गाउँपालिका सञ्चालन गर्नु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(क) बमोजिम प्रत्यार्थीहरुको नाममा अन्तरिम आदेश जारी गरिएको छ ।’
यो गाउँपालिकामो पहिलो निर्वाचनबाट नेकपा माओवादी केन्द्र बिजयी भएको थियो । तत्कालीन गाउँपालिकाको गाउँसभाबाट सहिदको नामाम गंगादेव गाउँपालिका बनाइएको थियो ।
२०७९ को स्थानीय तह निर्वाचनबाट नेपाली कांग्रेस विजयी भएपछि उसले पुरानो निर्णय उल्ट्याउने निर्णय गरेको थियो भने पछिल्लोपटक संघीय सरकारमा एमाले–कांग्रेसको सरकार बनेपछि पालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरिएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।