• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढीमा नि:शुल्क रेबिजविरुद्धको खोप सञ्चालन




कमल खड्का
रोल्पा । रुन्टीगढी गाउँपालिकामा विश्व रेबिज दिवस २०२४ को अवसरमा नि:शुल्क खोप तथा सचेतना कार्यक्रम सञ्चालन भएको छ । गाउँपालिकाको पशु शाखाले `अवरोध हटाऔँ रेविज उन्मुलन गरौँ´ भन्ने मुल नाराका साथ रेबिज रोग नियन्त्रणका लागि कार्यक्रम सञ्चालन गरेको हो ।

विश्व रेबिज दिवसको अवसरमा २०८१ असोज ६ देखि १२ गतेसम्म नि:शुल्क रेबिज बिरुद्ध खोप लगाउन अभियान छ । यस अन्तरगत रुन्टीगढी गाउँपालिका पशु शाखाको आयोजनामा कुकुरलाई रेबिज विरुद्ध खोप लगाउन सुरु गरिएको छ । सोही अनुसार रुन्टीगढी गाउँपालिकाको वडा नंं. ४ मा ९ गते, वडा नं. ८ मा १० गते, वडा नं.१ मा ११ गते र पशु सेवा शाखा होलेरीमा १२ गते सञ्चालन गरिने भएको शाखा प्रमुख श्याममणि बिकले जानकारी दिनुभएको छ ।

रेबिज प्राणघातक रोग भएको तथा रोग संक्रमित स्तनधारी जनाबरको टोकाइबाट लाग्ने त्यस्तै यस रोग देशको बिभिन्न स्थानमा पटकपटक देखा परिरहेको र रेबिज लाग्यो भने उपचार नहुँने हुँनाले समयमै खोप लगाएर मात्र बच्न सकिने हुँदा दिवसको अवसर पारेर नेपाल सरकारद्वारा नि:शुल्क खोप लगाउन सुरु गरिएको हो ।

यस रोगबाट बच्न घर पालुवा कुकुर बिरालोलाई रेजिब बिरुद्धको खोप लगाउने कुकुर बिरालो तथा अन्य जंगली जनाबरले टोकेमा घाउ साबुन पानीले सफा गरि रेबिज विरुद्धको खोप लगाउनुपर्छ । त्यसैगरि समुदायमा रहेका कुकुरहरुलाई बन्ध्याकरण गर्ने घर पालुवा जनावरलाई जथाभाबी नछोड्ने पेशागत रुपमा जोखिममा रहेका मानिसलाई आवश्कता अनुसार प्रि एक्सपोजर खोप लगाउने गरेमा यो रोगबाट बच्न सकिन्छ ।

Facebook Comments