घोराही। दाङमा चट्याङ लागेर मगंलबार एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ११ खुङकोटका ३ वर्षीय समिर साहु रहेका छन् ।
साहुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चट्याङ लागेर सोही ठाउँका ४२ की
निमकली साहु र बर्ष ६ की सविना साहु घाईते रहेका छन ।
घाइते दुवै जनाको अवस्था मध्यम रहेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।