नारायणपुर । घोराही उपमहानगरपालिका १० का युवा स्व।सुनिल पुनको स्मृतिमा सञ्चालित प्रथम रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाईनल खेल आज बुधवार हुदैछ । प्रतियोगिताको उपाधीकालागी न्यू स्टार फुटबल एकेडेमी नारायणपुर र घोराही उपमहानगरपालिका १७ भिड्दै छन् ।
न्यू स्टार फुटबल एकेडेमी नारायणपुरको आयोजना र प्रकृति लोक सांस्कृतिक क्लब नारायणपुरका व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको फाईनल खेल आज दिउसो २ बजेदेखी बिपी बाटिका खेलमैदान नारायणपुरमा हुनेछ । फाईनल खेलमा उपस्थित भई खेलाडीहरुलाई हौसला प्रदान गरिदिनुहुन आयोजकले सम्पूर्णमा अनुरोध गरेको छ । प्रतियोगितामा १४ वटा टिमको सहभागीता रहेको थियो ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ६१ हजार १ सय ११, दृतिय हुनेलाई ३१ हजार १ सय ११ कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने विभिन्न विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि जनही २ हजारका दरले पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक खुमबहादुर पुनले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।