• २८ कार्तिक २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रमुख प्रशासकीय अधिकृत खड्कालाई रुन्टीगढी गाउँपालिकामा स्वागत




कमल खड्का
रोल्पा । रुन्टीगढी गाउँपालिकामा सोमबार नयाँ प्रमुख प्रशासकीय अधिकृत धनि प्रसाद खड्कालाई एक कार्यक्रमका बीच कर्मचारीहरुको तर्फबाट स्वागत गरिएको छ । प्रत्यक महिनाको ७ गते नियमित बस्ने कर्मचारी बैठकको अवसर पारेर खड्कालाई स्वागत गरिएको हो ।

त्यस्तै उहाँसँगै रुन्टीगढी गाउँपालिकामा बिभिन्न पदमा नयाँ सिफारिस भएर आएका अन्य कर्मचारीहरुलाई पनि स्वागत गरिएको छ । रुन्टीगढी गाउँपालिका प्रशासन शाखा प्रमुख सानबाबु खड्काको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा रुन्टीगढी गाउँपालिकाका बिभिन्न शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

स्वागत कार्यक्रममा बोल्नु हुँदै प्रशासन शाखा प्रमुख खड्काले नयाँ प्रमुख प्रशासकीय अधिकृत धनि प्रसाद खड्का तथा नयाँ कर्मचारीहरुलाई नयाँ कार्यकालको शुभ कामना व्यक्त गर्नु हुँदै सम्पुर्ण कर्मचारीहरुलाई अनुसासनमा रहन तथा कर्मचारीहरुले अनिवार्य पोषक लगाउन समेत निर्देशन दिनुभएको छ ।

नयाँ प्रमुख प्रशासकीय अधिकृत खड्का ७ गतेबाट रुन्टीगढीमा हाजिर भएर नियमित कामकाजमा लाग्नु भएको छ । साथै कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत खड्काले सबै कर्मचारीहरु समान रहेको र सबैले सम्मान व्यवहार गरेर आफ्नो जिमेवारी पुरा गरेर अघि बढ्न समेत अनुरोध गर्नुभएको छ । त्यस्तै वर्षातले बिग्रीएका बाटोहरु दशै अगाडिनै सरसफाई गरेर यातायात संञ्चालन गरिने समेत  उहाँले जनकारी दिनुभयो ।

स्वागत कार्यक्रमको स्वागत मन्तव्य रुन्टीगढी गाउँपालिका शिक्षा शाखा प्रमुख अन्जु शर्माले दिनुभएको थियो भने कार्यक्रमको सहजीकरण रुन्टीगढी गाउँपालिका कम्प्युटर  अपरेटर भागबत घिमिरेले गर्नुभएको हो ।

Facebook Comments