नारायणपुर। घोराही उपमहानगरपालिका १० का युवा स्व.सुनिल पुनको स्मृतिमा सञ्चालित प्रथम रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तरगत आज मंगलवार सेमिफाईनल खेल हुने भएका छन् ।
न्यू स्टार फुटबल एकेडेमी नारायणपुरको आयोजना र प्रकृति लोक सांस्कृतिक क्लब नारायणपुरका व्यवस्थापनमा सञ्चालित प्रतियोगिता अन्तरगत आज सेमिफाईनल खेलहरु हुने छन् । फाईनल प्रवेशकालागी न्यू स्टार फुटबल एकेडेमी सेतो र मेघा स्पोर्ट क्लब भिड्नेछन् भने घोराही १७ र हापुर युथ क्लब एक आपसमा खेल्ने छन् । १४ वटा टिम सहभागी प्रतियोगिता नकआउट चरणमा खेलाईएको थियो ।
घोराही १० बिपी बाटिका खेल मैदानमा आज दिउसो २ बजे हापुर युथ क्लब र घोराही १७ बिच खेल हुनेछ भने अपराह्न ४ बजे न्यू स्टार फुटबल एकेडेमी र मेगा स्पोर्ट क्लबबीच हुनेछ । प्रतियोगिताको फाईनल खेल असोज ९ गते भोली बुधवार हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ६१ हजार १ सय ११, दृतिय हुनेलाई ३१ हजार १ सय ११ कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने विभिन्न विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि जनही २ हजारका दरले पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक खुमबहादुर पुनले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।