घाेराही । माेहन वैद्य संयाेजक रहेकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे राष्ट्रिय एकता महाधिवेशन हुने भएको छ । आगामी मंसिर १३ देखि २३ गतेसम्म काठमाडौंमा एकता महाधिवेशन हुन लागेकाेे पार्टीले साेमबार घाेराहीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
पार्टीका जिल्ला संयाेजक रामजी चाैधरीकाे अध्यक्षता तथा प्रदेश संयाेजक श्यामबहादुर बाेहराकाे प्रमुख आतिथ्यमा आगामी एकता महाधिवेशनबारे जानकारी गराइएकाे हाे ।
साे अवसरमा, एकता महाधिवेशनबाट पार्टीको विचारात्मक, राजनीतिक तथा सांगठानिक कार्य दिशा निर्माण गरी नयाँ नेपाल निर्माणका लागि जनवादी क्रान्तिकाे बाँकी कार्यभार पूरा लक्ष्य तय गरिने जानकारी गराइएकाे छ ।
नेपालमा क्रान्ति पूरा नभएको भन्दै दलाल पूँजीवादी संसदीय व्यवस्था विरुद्धको अभियानलाई सार्थक बनाउन र नयाँ वैज्ञानिक जनवादसहितकाे व्यवस्था स्थापनाका लागि एकता महाधिवेशनले आधार तय गर्ने प्रमुख अतिथि बाेहराले बताउनुभयाे ।
उहाँले दक्षिणपन्थी संशोधनवादीहरुसँग सम्बन्ध बिच्छेद र क्रान्तिकारी कम्युनिस्टहरु बिचकाे एकता, कम्युनिस्ट आन्दाेलनकाे रक्षा, प्रयाेग र विकासका लागि सच्चा क्रान्तिकारी कम्युनिस्टहरुकाे काँधमा जिम्मेवारी आएकाे बताउनुभयो ।
पत्रकार सम्मेलनमा प्रदेश प्रचार विभाग प्रमुख शशीधर भण्डारीले एकता महाधिवेशन सफल बनाउन वडा, पालिका, जिल्ला अधिवेशनसहित अनुसन्धनात्मक ऐतिहासिक एकता महाधिवेशनका रुपमा अभियान अघि बढाइएकाे बताउनुभयाे ।
जिल्ला ईन्चार्ज नारायण याेगीले एकता महाधिवेशनकाे सन्दर्भ र विषय बारे जानकारी गराउनु भएको थियाे । पत्रकार सम्मेलनकाे सहजीकरण जिल्ला सहसंयाेजक दीपक बिष्टले गर्नुभएको थियाे ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।