दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र २ (क) ले वडा कार्यसमितिका सभापति, सचिव र कोषाध्यक्षलगायतका पदाधिकारीका लागि भाषण कला सभापति र सचिव को काम कर्तव्य र अधिकार सम्बन्धि प्रशिक्षण दिएको छ ।
नेपाली कांग्रेस दाङ क्षेत्र २(क) प्रदेश सभापति प्रकाश श्रेष्ठको सभापतित्व तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति एवं पूर्व मन्त्री राजु खनालको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री खगराज पाण्डे र प्रदेश सदस्य पुष्पा श्रेष्ठको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले तालिमले नेताहरुको बोल्ने कलाको विकासमा सहयोग पु¥याउने बताएका थिए ।
साथै कार्यक्रमका सहभागीले नेताहरुलाई स्पष्ट रुपमा बोल्ने, विषय केन्द्रित केसरी हुनेलगायतका बारेमा तालिमले सहयोग गरेको बताएका थिए । प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा नेपाली कांग्रेसका जिल्ला उपसभापति गिरीराज सुवेदी, महासमिति सदस्य भुपबहादुर डाँगी, नेपाली कांग्रेस क्षेत्र २ सभापति भीमप्रकाश खड्का, नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावत, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
तालिमको प्रशिक्षकमा नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगी र नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतम रहेका थिए । नेपाली कांग्रेस दाङ क्षेत्र २ (क) प्रदेश उपसभापति लक्ष्मणकुमार बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव माया पोख्रेलले गरेकी थिइन । तालिममा क्षेत्र नं. २ (क)अन्तर्गत रहेका घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकामा वडा सभापति,सचिव र कोषाध्यक्षलगायतका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।