• २७ कार्तिक २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा न्यु सिटिजन टेलर्स संचालनमा, अध्यक्ष जोशीले गरे उद्घाटन




दाङ । घोराहीमा न्यु सिटिजन जेन्स टेलर्स संचालनमा आएको छ । मंगलबार दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले रिबन काटेर न्यु सिटिजन जेन्स टेलर्सको  उद्घाटन गरेका छन ।

कार्यक्रममा बोल्दै अध्यक्ष जोशीले व्यापार ठप्प भई आर्थिक अभाबका कारण सटरहरु बन्द गरेर बसेका व्यपारीहरुलाई  न्यु सिटिजन जेन्स टेलर्स संचालनमा ल्याउनुले थप प्रेरणा थपिने बताए ।

उनले न्यु सिटिजन जेन्स टेलर्सले स्थानियवासीलाई शुलभ गुणस्तरिय सेवा प्रदान गर्ने विश्वास ब्यक्त गरे । लामो समय सटिङ सुटिङका क्षेत्रमा अनुभवी सेन्टरका प्रोप्राईटर गणेश नेपालीलाई अध्यक्ष जोशीले बधाई तथा व्यवसाय सफलताको शुभकामना समेत दिएका थिए ।

सटिङ सुटिङको सम्पुर्ण काम दक्ष कालीगढबाट प्रदान गरिने भएको हुनाले गुणस्तरिय सेवा प्रवाह गरिने प्रोप्राईटर गणेश नेपालीले जानकारी गराए ।

टेलर्सको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस दाङ पुर्ब सभापति बिकेश्वरी गौतम ,दाङ जिल्ला उद्योग वाणिज्य संघा सह-कोषाध्यक्ष, माधव खनाल, नेपाल कपडा तथा सिलाई व्यवसायी दाङका अध्यक्ष पदम नेपाली, परियार सेवा समाज दाङका अध्यक्ष सन्तोष नेपाली, नेपाल कपडा तथा सिलाई व्यवसायी घोराही नगरका अध्यक्ष राजु परियार लगायत समाजसेवी, राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

 

Facebook Comments