• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पालिका अध्यक्षको पहलमा रुन्टीगढी गाउँपालिकामा विद्युत पोल भित्रिए




कमल खड्का
होलेरी । रोल्पाको रुन्टीगढी गाउँपालिकामा ६ ट्रक विद्युत पोल आउने भएका छन् । पहिलो चरणमा आउन लाएका ६ ट्रक विद्युत पोल मध्ये केही ट्रक पोल अन्लोड भई सकेका छन् भने केही हुँदै छन् ।

रुन्टीगढीमा आएका ६ ट्रक विद्युत पोल मध्य ३ ट्रक मेन पोल र ३ ट्रक शाखा पोल रहेका छन् । क्रमश रुन्टीगढी गाउँपालिकाको सबै वडाको सबै ठाउँमा विद्युत पु¥याउने योजना बनाएको गाउँपालिकाले पहिलो चरणमा अलि विकट वडाबाट पोल झार्न सुरु गरेको छ ।

जस अन्तरगत पहिलो चरणमा आएका पोल रुन्टीगढीको वडा नं। ८ र ३ का लागि झारिदै छ । जस अन्तरगत वडा नं। ८ का लागि साहेक पोल १ ट्रक द्वारपानीमा १ ट्रक घोगेमा त्यस्तै १ ट्रक वडा नं। ३ को जवाङमा र ३ ट्रक मेन पोल वडा नं। ८ का लागि झारिने भएको छ । वडा नं। ८ पुग्न कच्चि बाटो तथा लोड गाडी नपुग्ने हुदा उक्त वडाको मेन पोल वडा नं। ७ को बाघ पाइलेमा झारिएको छ ।

उर्जा जलश्रोत तथा सिँचाइ मन्त्रीसँग भेटमा रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले गरेको प्रस्तावपछि ६ ट्रक विद्युत पोल रुन्टीगढीमा भित्रिदै छ । साथै भेटपछि ३२०० साना ठुला पोल तथा विद्युतीय सामाग्री समेत बिरगन्जमा रुन्टीगढीका लागि तयारी अवस्थामा रहेको अध्यक्ष पुनले बताउनुभयो ।

Facebook Comments