• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाल मगर शिक्षक संघ दाङको जिल्ला तदर्थ समिति गठन




तुल बहादुर कवँर मगर
देउखुरी । नेपाल मगर शिक्षक संघ दाङ जिल्लाको प्रथम भेला शनिबार राप्ती गाउँपालिकाको सभा हल मसुरीयामा सम्पन्न भएको छ।

संघका केन्द्रीय सदस्य लेखत बहादुर राना मगरको अध्यक्षता एवं नेपाल मगर संघका केन्द्रीय सदस्य भिम प्रकाश पुन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले कृष्णबहादुर बुढा मगरको अध्यक्षतामा दुई महिला सदस्य पछि थप गर्ने गरि पन्ध्र सदस्य नेपाल मगर शिक्षक संघ दाङ तदर्थ समिति गठन गरेको छ।

समितिको उपाध्यक्षमा कमल बहादुर खैकला मगर,सुनमाली घर्ती मगर,सचिवमा सन्त बहादुर पुन मगर,सह-सचिवमा हिमाल थापा मगर,खुमादेवी राना मगर, कोषाध्यक्षमा ओमभक्त खैकला मगर र सह- कोषाध्यक्षमा देवीराम आले मगर चयन हुनु भएको छ।त्यस्तै अन्य सदस्यहरूमा कौशिला पुन मगर,सुनिल पुन मगर,सञ्जय आले मगर,भिम बहादुर बैजाली मगर र मान बहादुर राना मगर रहनु भएको छ।

भेलाले जिल्लाका दसवटै पालिकामा पालिका स्तरीय समिति गठन गरी आगामी मंसिर महिनासम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेको छ।

भेलामा बोल्दै नेपाल मगर संघका केन्द्रीय सदस्य तथा भेलाका प्रमुख अतिथि भिम प्रकाश पुन मगरले संघको भूमिका र मगर शिक्षकहरूको एकताका लागि यो भेला महत्वपूर्ण हुने बताउँदै जिल्लाभर मगर शिक्षकहरूको शैक्षिक, सामाजिक र सांस्कृतिक उत्थानमा योगदान पुर्‍याउने धारणा राख्नुभयो ।

Facebook Comments