• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नगरस्तरीय ब्याडमिन्टनमा सिद्धार्थ बन्यो च्याम्पियन




घोराही । घोराहीमा भएको दोस्रो अन्तर विद्यालय नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८१ मा सिद्धार्थ एकेडेमी च्याम्पियन भएको छ । घोराही उपमहानगरपालिका नगरस्तरीय खेलकुद विकास समितिको आयोजनामा घोराही उपमहानगरपालिका–१४ स्थित कभर्ड हलमा शनिबार भएको फाईनल खेलमा सिद्धार्थ एकेडेमीले २ स्वर्ण र २ काश्य पदक जित्दै प्रतियोगितामा च्याम्पियन बनेको हो ।

त्यसैगरी १ स्वर्ण, १ रजत र २ काश्य पदकसहित जनज्योति द्वितीय हुँदा १ स्वर्ण र १ रजतसहित पद्मोदय नमूना माध्यामिक विद्यालय भरतपुर तृतीय भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी छात्रातर्फ लिटिल एञ्जलकी सुप्रिया रोका र छात्रतर्फ जनज्योति विद्यामन्दिरका रञ्जित पुन हुनुभयो । प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीलाई नगद, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । फाईनल खेलमा सिंगल ईभेन्टमा छात्रतर्फ सिद्धार्थ एकेडेमीका खगेन्द्र भण्डारीले २–० को सोझो सेटमा पद्मोदय पब्लिक नमुना माविका राजीव रेग्मीलाई हराउनुभयो ।

छात्रातर्फ जनज्योति विद्यामन्दिरकी लिला मल्लले २–० को सोझो सेटमा लिटिल एञ्जलकी सुप्रिया रोकालाई हराउनुभएको थियो । यसैगरी ब्याडमिन्टनको डबल ईभेन्टमा छात्रतर्फ सिद्धार्थ एकेडेमीका खगेन्द्र भण्डारी र समीर चौधरीले जनज्योति विद्यामन्दिरका जनज्योति विद्यामन्दिरका आभाष घर्ती र रञ्जित पुनलाई २–१ को सेटमा हराउनुभयो ।

प्रतियोगिता अन्तरगत डबल ईभेन्टमा छात्रातर्फ पद्मोदय पब्लिक नमुना माविका सुस्मिता वली र विजया पाठकले लिटिल एञ्जल स्कुलका चेतना घर्ती र सुप्रिया रोकालाई २–० को सोझो सेटमा हराउनुभएको थियो । प्रतियोगितामा पालिकाभित्रका ६ विद्यालयले भाग लिएका थिए । पालिकामा रहेका जनज्योति विद्यामन्दिर, सिद्धार्थ एकेडेमी, पद्मोदय पब्लिक नमुना मावि, नेपाल पुलिस स्कुल, लिटिल एञ्जल स्कुल र शान्ति सुधा माविका विद्यार्थीले भाग लिएका थिए । नगर खेलकुद विकास समिति अध्यक्ष नरेन्द्र पुनको अध्यक्षता तथा घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख नारायणप्रसाद पौडेलले पुरस्कार प्रदान गर्नुभएको थियो ।

 

Facebook Comments