• २७ कार्तिक २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
‘बाथको’ नयाँ डिलर घोराहीमा




दाङ । उत्कृष्ट डिजाइन र अन्तराष्ट्रिय गुणस्तरका बाथवेयर तथा सेनिटेरीवेयरका उत्पादक ‘बाथको’ले दाङको घोराही उपमहानगरपालिकामा आफ्नो नयाँ डिलर सञ्चालनमा ल्याएको छ।

घोराही विपीचोकमा डिसब ट्रेड इन्टरनेशनल एण्ड सप्लायर्समा ‘बाथको’ प्रोडक्टको शोरुम सञ्चालनमा ल्याएको हो। आज विहिवार एक कार्यक्रमबीच घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेश कुमार पाण्डे र दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका थिए।

विगत एक दशक देखी देशका मुख्य सहरहरुमा आधिकारिक बिक्रेता राखेर बिक्रीवितरणमा ल्याइएको बाथको प्रडक्टलाई विस्तार गरिरहेको कम्पनीको भनाइ छ। बाथकोले उत्पादन गर्दै आएको ब्रासबाट निर्मित सेनिटरी वेयर, बाथ फिटिब्स, बाथ एक्सोसेरिजसहितका सामग्रीको ११ वर्षको वारेन्टी रहेको डिसब ट्रेड इन्टरनेशनल एण्ड सप्लायर्सका संचालक अनिल गौतमको भनाइ छ।

Facebook Comments