• २४ कार्तिक २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पत्रकार महासंघको कार्यवाहक अध्यक्षमा बिष्ट, निर्धारित मितिमै चुनाव गर्न पहल गरिने




काठमाडौं । नेपाल पत्रकार महासंघको उपलब्ध पदाधिकारी तथा सदस्यहरूको आज बसेको बैठकसँगै कार्यबाहक अध्यक्षको जिम्मेवारी रमेश विष्टले सम्हाल्नुभएको छ ।

अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिंदै बिष्टिलाई कार्यवाहक तोक्नुभएको थियो । ‘बैठकले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि उत्पन्न परिस्थितिका बारेमा समीक्षा गर्नुका साथै कार्यबाहक अध्यक्षका रुपमा वरिष्ठ उपाध्यक्ष रमेश विष्टले आजैदेखि कार्यभार सम्हाल्ने निर्णय गरेको छ’– बैठकपछि महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘महासंघको निर्वाचन घोषित मितिमा नै सम्पन्न गराउन निर्वाचन समितिसहित सबै सरोकारवाला पक्षसँग गम्भीर छलफल गरी अघि बढ्ने निर्णय ग¥यो ।

महासंघले अध्यक्ष पोख्रेलले अहिलेसम्म पुर्‍याउनुभएको योगदानका लागि हार्दिक धन्यवाद ज्ञापन गर्ने निर्णय गर्‍यो ।

Facebook Comments